FAQs Complain Problems

Flash News

बौदीकाली गाउँपालिकाको संक्षिप्त परिचय

नेपालको मध्य भाग हीम श्रृङखलामा शीर भै दक्षिण पूर्व हुँदै बग्ने काली (कृष्ण ) गण्डकी र महाभारत ले रुचाङ्गमा शीर भै उत्तर तर्फ बग्दै काली नदीमा समाहित हुने बौदी खोलाको सेरोफेरोलाई बौदीकाली भनेर चिनिन्छ । गण्डकी प्रदेशमा पर्ने यो बौदीकाली गाउँपालिकामा साविकका मिथुकरम, डेढगाउँ, रकुवा, रुचाङ्ग, नरम र जौवारी गा.वि.स. को वडा नं. १, २, ३ मिलि बनेको छ । पाल्पा जिल्लाबाट वि.स. २०३२ सालमा नवलपरासी जिल्लामा गाभिएको क्षेत्र हो । यो गाउँपालीकाको पूर्व बुलिङटार, दक्षिण हुप्सेकोट गाउँपालिका पर्दछ भने पश्चिम पाल्पा र उत्तरमा तनहुँ जिल्ला पर्दछ ।

८४॰ 2'' देखि ८४॰ ७'' पूर्वी देशान्तर र २४॰ ४९" देखि २७॰ ५४" उत्तरी अक्षांश बीच काली नदीको तिर देखि महाभारतको शीरसम्म उत्तर तर्फ पानी ढाल भएर ठडिएको लेक, बेसी, टाकुरा, थुम्की, खोंच, फाँट, देउराली र भन्ज्याङ्ग मिलेर बनेको यो क्षेत्र समुद्री सतहबाट ९० मिटर देखि १७०० मिटर सम्म उचाईमा पर्दछ । वन, जंगल, खोला, खोल्सी, घाँस, बुट्यानले हरियाली यो क्षेत्रको लेकमा सदा सर्वदा चिसो हावा बहन्छ भने बेसी, खोंच र फाँटमा मौसम अनुसार जाडो र गर्मि हुन्छ ।