समाचार
Flash News
आर्थिक पक्ष तथा शिक्षा र रोजगार
यो गाउँपालिकाको प्रमुख पेशा कृषि भएपनि बिस्तारै युवा वैदेशिक रोजगारमा जाने प्रवित्ति र उत्पादनको तुलनामा लागत बढ्नाले यो पेशा प्रति आकर्षणको सट्टा विकर्षण बढ्दै छ । स्थानीय उत्पादनले यहाँका बासिन्दालाई मुस्किलले ६ महिना धान्न सक्छ । कृषि उत्पादनमा मकै, धान, कोदो, गहुँ, फापर हुन् । अन्य बालीमा मास, भटमास, गहत , बोडी, केराउ, आलु, पिडालु, तोरी, उखु र अदुवा बेसार हुन् । फलफुलमा लेकतर्फ सुन्तला, कागती, अमिलो (निम्बु) र बेशीमा केरा, आप, कटहर, मेवा, अम्बा, नासपती, लिची आदि हुन् । यी फलफुल मध्ये सुन्तला बिक्रि हुन्छ भने अरु घरायसी प्रयोगका लागि सिमित हुन्छ । यहाँ उत्पादित वस्तु मध्ये मुख्य रुपमा अदुवा, मास, बोडी, भटमास, सुन्तला, पिडालु, बेसारका साथै स्थानीय जातका खसी, कुखुरा, घ्यु उत्पादन भएपनि औध्योगिक उत्पादका लागि पूर्वाधार विकासमा जोडदिन पर्नेछ । यहाको मुख्य आयआर्जन माथि उल्लिखित कृषि जन्य वस्तु अम्रिसोबाट बनेका वस्तु निर्यातका साथै देश र विदेशमा रोजगारका लागि जाने युवाहरुको कमाई मुख्य स्रोत हो । खाद्ध्य लगायत लत्ता, कपडा र निर्माण सामग्री आपूर्तिका लागि रेमिटान्सले धानेको छ । त्यसैले वैदेशिक रोजगारबाट आउने रकम नै जीवन धान्ने सहारा बनेको छ ।
२०१७ सालबाट मात्र औपचारिक शिक्षा शुरु भएको यस क्षेत्रमा ३०/४० को दशक सम्म आश जगाउने शैक्षिक वातावरण भएपनि पछि आएर उत्साहजनक छैन । केहि विध्यालयमा आशा जगाउने प्रयास अध्यावधिक जारी छ । रोजगारका लागि स्थानीय स्थरमा उपयुक्त वातावरण नहुनाले देश भित्रकै अन्य क्षेत्रमा भारत लगायत मलेसिया, जापान, अस्ट्रेलिया, अरबी मुलुक साथै युरोप र अमेरिकामा समेत जाने क्रम जारी छ । यसरि रोजगारमा जाने मध्ये सुरुमा ब्रिटिस र भारतीय सेनामा सिमित भएकोमा पछिल्ला दिनमा बहुराष्ट्रिय आयामिक कम्पनी र घरेलु कार्यमा पनि जाने चलन छ । शिक्षा र रोजगारका लागि विदेश जाने क्रम बढ्दो रुपमा छ ।